नेकपा दाङको सेक्रेटरीमा जनक सी निर्वाचित, चौथो पुर्ण बैठकबाट अरु के–के भए निर्णय ?

दाङ समाचार
दाङ समाचार १४ मंसिर २०७९, बुधबार
2 Min Read
Aa

दाङ – नेपाल कम्युनिस्ट पार्टी दाङको सेक्रेटरीमा जनक सी निर्वाचित हुनुभएको छ । नेकपा दाङको चौथो पुर्ण बैठकले पार्टीको सेक्रेटरीमा जुझारु युवा नेता जनक सीलाई निर्वाचित गरेको हो ।

मंसिर १२ र २३ गते घोराहीमा दुइदिनसम्म चलेको बैठकमा नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले नेता जनकलाई जिल्ला सेक्रेटरी निर्वाचित गर्न गरेको प्रस्तावलाई हलबाट एकमतले पास भएको थियो ।

यस्तै नेकपाको चौथो पुर्ण बैठकले जिल्लाभरीका पालिका कमिटीका नेताहरुको कार्यक्षेत्र समेत हेरफेर गरेको छ । सो पार्टीले बबई गाउपालिकाको इन्चार्जमा सुधार सी, सेक्रेटरीमा रण बहादुर सीलाई जिम्मेवारी प्रदान गरेको छ, भने शान्तिनगर–दंगिशरण गाउँपालिकाको इन्चार्जमा सुधार सी, सेक्रेटरीमा प्रेम सी, तुलसीपुर उपमहानगर कमिटीको इन्चार्जमा भुवन सी र सेक्रेटरीमा शिव सी, घोराही उपमहानगर कमिटीको इन्चार्जमा महान सी र सेक्रेटरीमा दान बहादुर सी, बंगलाचुली गाउँकमिटीको इन्चार्जमा भिम सी र सेक्रेटरीमा बल बहादुर सी, लमही उपमहानगर कमिटीको इन्चार्जमा उज्ज्वल सी र सेक्रेटरीमा पुर्ण सी, राप्ती गाउँकमिटीको इन्चार्जमा उज्ज्वल सी र सेक्रेटरीमा अदिप सी, गढवा गाउँकमिटी इन्चार्ज यज्ञ सी, सेक्रेटरीमा पदम सी, राजपुर गाउँकमिटीको इन्चार्ज उज्ज्वल सी, सेक्रेटरीमा शुर्य सीलाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

यस्तै नेकपा दाङको चौथो पुर्ण बैठकले विभिन्न बिभागहरु समेत गठन गरेको छ । बैठकले स्कुलिङ बिभाग प्रमुख रुद्र सी, उत्पादन बिभाग प्रमुख धर्ती सी, जवस रमोर्चा संयोजन इन्चार्ज रुद्र सी, आर्थिक बिभाग प्रमुख जनक सी, जनपरीषद प्रमुख मंगल सी, न्याय बिभाग प्रमुख धर्ती सी, सांस्कृतिक टिम प्रमुख दिनेश सी, प्रकाशन तथा सुचनारसंचार बिभाग प्रमुख राजु सी, जनसेवक प्रमुख प्रतिरोध सीलाई जिम्मेवारी प्रदान गरेको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्