काठमाण्डौ – सुनसरी- ४ मा बाम-लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै गरेका छन्।सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका उनले ११३ मतले अग्रता कायम गरेका हुन्।
इनरुवा नगरपालिकास्थित भगवती माविमा जारी मतगणनामा नेपाली कांग्रेसका कार्कीले २७ हजार ३१५ मत प्राप्त गरेका छन्। कार्कीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २७ हजार २०२ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्