अस्मि चन्द ठकुरीले सम्झिएको त्यो बालापन

दाङ समाचार
दाङ समाचार १७ मंसिर २०७९, शनिबार
8 Min Read
Aa

दाङ -मैले कक्षा एक भारतको सिमला भन्ने स्थानमा पढेको हो । त्यसपछि नेपाल फर्किएर कक्षा २ बाट भने मैले लमही नगरपालिका-५ देउपुर स्कुल मै पढे। भर्खर इन्डियाबाट आएकी म फुच्ची त थिए न कोहि साथी चिनेको न त सर मेडमहरुलाई नै।

घर नजिकैको साथी पनि त्यही स्कुलमा पढ्नुहुन्थ्यो। हाम्रो घर बाटो माथी थियो अनि उहाँको बाटो मुनि…एकदुई दिन पछि हामी बोल्न थाल्यौं। मलाइ पनि स्कुलमा कोहि बोल्ने साथी भेटिएको थियो। त्यतिबेला मलाई नेपाली बोल्न नआउने हुनाले म स्कुलमा पनि हिन्दी नै बोल्ने गर्थे। सर मेडमले पढाएको केही बुझ्थ्येन र उहाँले नै हिन्दी मै बुझाइदिनुहुन्थ्यो। स्कुलमा केही भयो भने पनि म उहाँ सँगै हुन्थे। हरेक शुक्रबार फोहोर उठाउने कार्यक्रम हुन्थ्यो स्कुलमा तर कहिले फोहोर उठाउन दिनुभएन उहाँले। अघिअघि फोहोर उठाउदै साथि अनि पछिपछि म हिडथे।

बिस्तारै मैले पनि नेपाली भाषा सिके,पहिले भन्दा अलि सजिलो भएको थियो सबैलाई बुझ्न। सबै सर मेडमहरुलाई नि चिन्दै गए,साथीहरू पनि धेरै बन्दै गए। ती मध्ये पबित्रा,रेनु,सिमा,सुनिता,सर्मिला,निरु,लक्ष्मी आदि…खास साथीहरू बने।

त्यसमा पनि पबि सबैभन्दा बढी मिल्ने साथी हुनुभयो। चिनेको केही महिना मै हामिले मितिनी लगायौँ। उमेर सानो,बुद्धि पनि के पसेको थियो होला र त्यो बेलामा । तर पनि स्कुल छेउको शिव मन्दिरमा गयौँ। एउटा सुन्तला र ५ रुपैयाँको अगरबत्ती त लगेर गएका थियौँ हामी। के गर्ने ? कसरी गर्ने ? के थाहा हामिलाई, तर पनि त्यति भएपनि लिएर गएका थियौँ। सुनिता,सर्मिला,निरु सबै साथीहरू पनि गएका थिए। त्यसपछी मन्दिरको पुजारी बा लाई बोलाएर हाम्रो मीत लगाईदिनु भनेर भन्यौं। पुजारी बा ले खोइ के के गरेर शिव भगवानको अगाडी हाम्रो मीत लगाईदिनुभयो। भगवानको मुर्तिमा अगरबत्ती बाल्यौँ,सुन्तलाको जुठो खुवाउदै हात मिलाउन लगाउनुभयो पुजारी बा ले। अनि सबै साथीहरूले थपडी बजाए। त्यसरी मन्दिरमा गएर लगाईयो मितिनी।

साथी हुँदा तिमी भनेको बानी मितिनी लगाएसी हजुर,तपाई भन्नुपर्ने रहेछ। सुरुसुरुमा धेरै गार्‍हो भयो तर बिस्तारै बानी परियो। त्यसपछि हामी झनै मिल्न थाल्यौं। स्कुल जादा संगै,घर आउद संगै…हामिहरु सानो कक्षामा हुदा धेरै उल्टा उल्टा काम गर्थ्यौँ। पहिको घण्टीमा हाजिर लगाएर स्कुलबाट भागेर खेत तिर गएर भाडाकुटी खेल्थ्यौँ,कहिले खोलामा नुहाउने त कहिले माछा मार्ने,कहिले मुला चोर्न,कहिले मटर कहिले के कहिले के….धेरै सताउथ्यौँ सानोमा सबैलाई।

कक्षा २ देखि ५ सम्म त्यसरी नै बित्यो जीवन। सानोमा मलाई लाग्थ्यो की एउटा कक्षाबाट अर्को कक्षामा जान नपरोस किनकी जब पास भइन्थ्यो कक्षा नयाँ,साथी नयाँ अनि बस्ने ठाँउ पनि नयाँ। आफू भन्दा अलि ठुला केटीहरुले बेन्चमा बस्न जो दिदैन्थे। त्यसैले नयाँ कक्षामा गए भने म कतै नबस कक्षाको बिचमा उभिरहन्थे। सर आएर एउटा ठाँउमा बसालिदिनुहुन्थ्यो अनि म अलि खुसी हुन्थे।

कक्षा ५ मा म पहिलो पटक फेल भए सबै साथीहरू अघि गए। सर्मिला,सुनिता र म भने ५ मै बस्ने भयौँ। मितिनी पनि अघि जानुभयो। साथ त छुटेको थिएन तर कक्षामा बस्ने साथी भने कोहि थिएन। कक्षा ५ देखि अलि मन लगाएर पढ्न थाल्यौं सबैजना। कहिले कक्षा छोडेनौ। कक्षा हुँदा मात्र छुटिन्थ्यौँ कक्षा छुटेपछी दौडिदै आउथ्यौँ अनि कक्षा नलाग्दा सम्म संगै हुन्थ्यौँ।

कक्षा ५ र ६ त्यसरी नै बित्यो अनि कक्षा ७ मा मैले भेटाए मितिनिलाई र हामी फेरि सँगै भयौँ। ७ कक्षामा हाम्रो नयाँ साथी बिमला पनि भइ। धेरै रमाइलो गर्थी उस्ले। कक्षा ८ बाट सिमा र रेनु पनि साथी बने स्कुलमा~सिमा मेरो ठुलो मम्मिको छोरी हो भने रेनु मामाको….८ कक्षाबाट माथी स्कुल जानुपर्थ्यो। त्यहाँ झन रमाइलो गर्न थाल्यौं हामी। घरबाट सबै सँगै स्कुल जान्थ्यौ अनि घर आउदा पनि सँगै आउथ्यौँ। सबैको आँखामा गाजल,निधारमा सानो कालो टीका,माथी रातो सिम्रिकको टीका त्यसमाथी सेतो साइरामको टीका हुन्थ्यो। बाटोमा सबैले यो त यिनिहरुको ड्रेस पो हो कि भनेर समेत जिस्काउथे। हामी चार जना सधैं सँगै हिड्थ्यौ अनि कहिले काहीँ लक्ष्मी पनि आउथी।

त्यसैगरी रमाइलो गर्दै हामी कक्षा ९ मा पुग्यौं। स्कुल जाने आउने चलिरह्यो। एकदिन हामी सबै खाजा खान स्कुलको चौरमा बसेका थियौँ। गेट बाहिर केटाकेटीहरुको साइकल राखेको हुन्थ्यो। खोइ के सुर चल्यो त्यो दिन हामिलाई। मितिनी र म गेट बाहिर गयौँ अनि चुपचाप कसैले नथापाउने गरि एउटा साईकलको अगाडी वाला टायरको पूरा हावा उडाइदियौँ र भित्र फर्कियौँ। एकछिन पछि रेनु र सिमा गएछ्न र फेरि त्यही साईकलको पछाडी वाला टायरको पनि हावा फालिदिएछन। हामिहरुलाई थाहा थिएन कि हामीले एउटै साईकलको हावा निकालिदेको छौ भनेर।

स्कुल छुट्टी भएपछि सबै घर जान लागे। हामी पनि हिड्यौँ, बाटोमा पुर्ण (केटा साथी)ले आफ्नो साईकल डोर्‍याउदै हिडेको देख्यौँ अनि ओइ के भयो साइकल भनेर पनि सोधिहाल्यौँ। हेर न कस्ले हो दुबै टायरको हावा उडाईदिएछ भन्दै अगाडी गयो उ। मैले मितिनीलाई भने अगाडी वाला त हामिले फालेको थियौं फेरि पछाडी वालाको कस्ले फालेछ? त्यतिकैमा रेणुले भनी सिमा र मैले….

त्यो दिन त अचम्मै पो भएछ जानी जानी गरेको झै। हामी सबै यहि कुरा गर्दै हिड्यौ। पहिले सिमाको घर आउथ्यो उ घर गइ र हामी तीन जनाको त एकै ठाँउमा थियो। घरमा पनि मितिनी,म र रेनु प्राय सँगै हुन्थ्यौँ। सानो भन्दा सानो कुरा एक अर्कालाई भन्ने गर्दथ्यौं । त्यति मिल्ने साथिहरु त कसैको पनि हुँदैन होला। साथी भन्दा पनि माथी थियौं हामी अझ मितिनी र म झन जती बेला नि सँगै हुन्थ्यौँ। खाना सँगै,बस्ने सँगै,बजार सँगै धेरै जसो सँगै सुतथ्यौ। सबैले यिनिहरु कति मिलेको भनेर दङ्ग पर्थे। प्रायजसो स्कुल मै धेरै उट्पट्याङ्ग गर्थ्यौँ हामी।

एकदिन टिफिन टाईममा हामी सबै बाटो तिर घुम्न निस्कियौँ। लक्ष्मी पनि थिइ त्यो दिन। म एउटा पातलो लौरो समाएर घुमाउदै हिडिरहेको थिए..पारी बाटोको बिचमा प्लास्टिकको एउटा पोको देख्यौं सबैले। अनि रेणु चाहिँ दौडिदै गई र त्यो प्लास्टिकको पोका च्याप्प समाएर उठाई.. बाफ रे एकछिन त सबैले हेरिराख्यौँ।
थाहा छ के थियो त्यो पोकोमा?….

२ वटा बिस्कुट र मानिसले उल्टी गरेको ( वाकेको)…हिहि😂 छ्या रेनुको हात भरि लाग्यो। हामी सबै धेरै बेर हाँस्यौँ। त्यो पल त कहिले बिर्सिदैनौ हामी।

९ कक्षामा पढ्दा पढ्दै सिमाको बिहे भयो। रेणु पनि चितवन गई अनि मितिनी चाहिँ पोखरा जानुभयो। म एक्लै भए,साथीहरू त धेरै थिए तर उनीहरु थिएनन साथमा। कहिले काहीँ सुनितासँग हिड्थे नत्र कक्षा मै बस्थे सधै। अनि कक्षा १० बाट शान्ति आइ साथी बन्न। उ पनि धेरै मिल्थी मसँग। प्राय सँगै हुन्थ्यौँ हामी। यसरी नै मैले १२ कक्षा पास त्यही स्कुलबाट गरे जुन स्कुलमा मैले पहिलो कदम राखेकी थिए। सबै साथी कोहि कता कोहि कता भयौँ हामी। तर सधैं सम्पर्कमै मै रह्यौँ। रेनुको पनि बिहे भयो अनि मितिनी पनि पोखराबाट दाङ आउनुभयो। फेरि सँगै भयौँ हामि म धेरै खुसी थिए। जति बेला पनि हामी संगै हुन्थ्यौँ बिहान देखि राती नसुत्दा सम्म💕 अहिले मेरो पनि बिहे भयो। सबै साथीहरु टाढा छन,मितिनी पनि…

अहिले म इन्डिया छु उनिहरु नेपालमा छन। साथमा नभएपनि तिमिहरुलाई धेरै सम्झिरहेको हुन्छु। हो धेरै फोन मेसेज केही हुँदैन तर याद त आउँछ यार। तिमीहरु म देखि टाढा भएपनी सधै मेरो मुटुमा छौ र मर्दा सम्म रही रहने छौ। बालापन जस्तै त्यो समय फर्काउन मिल्नी भए कसम फेरि कक्षा २ बाट पढ्ने मन छ। तिमीहरु सँगै ती पहिलेका पलहरु बिताउने मन छ। अहिले नेपाल आउँ र तिमिहरु सँग तितामिठा गफ गरौं झै लागेको छ। missing you all of u प्यारीहरु!! सधैं मिस गरिरहेको हुन्छु। तिमीहरुको प्यारी साथि अस्मि ………..

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्