दाङ – दंगीशरण गाउँपालिकाको आयोजनामा स्थानिय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि उद्घोषण तथा नेतृत्व विकास सम्बन्धि ४ दिने तालिम आइतबारदेखी सुरु भएको छ । गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासमा टेवा पुर्याउन तालिमको आयोजना गरिएको सामाजिक विकास समितीका संयोजक रोशन जंग शाहले जानकारी दिनु भयो ।
गाउँपालिका अध्यक्ष सम्भु गिरीको सभापतित्वमा ४ दिने तालिमको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको हो । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले महिला जनप्रतिनिधिहरुको व्यक्तित्व विकास गर्न ४ दिने तालिम फलदायी हुने बिश्वास ब्यक्त गर्नुभयो । राज्यको मुल प्रवाहमा महिला नेतृत्व आउनु पर्ने र महिलाहरुको नेतृत्व विकासमा आफु सदैब सकारात्मक रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वली,सामाजिक विकास समितीका संयोजक रोशन जङ शाह लगाएतको सहभागीता रहेको थियो । महिला बालबालिका शाखाकी प्रमुख सुन कुमारी घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण शाखाकी महिला विकास सहायक निरीक्षक चन्द्रा वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्