साइत हेरेर मुख्यमन्त्रीले गरे गृह प्रवेश

दाङ समाचार
दाङ समाचार २४ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा गृह प्रवेश कार्यक्रम सम्पन्न भएको छ । राजधानी स्थलमा निर्मित मुख्यमन्त्री निवासमा साइत हेरेर मुख्यमन्त्री कुलप्रसाद केसीले बिहान ९ बजे शुभ साइत पारेर गृह प्रवेश गर्नु भएको हो ।

साविक राप्ती प्राविधिक शिक्षालयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र निवास तयार पारिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको औपचारिक सेवा सुरु गर्ने योजना रहेको छ । तर मुख्यमन्त्री गृहप्रवेश कार्यक्रम सुनेर समाचार संकलन गर्न पुगेका पत्रकारलाई भने रोक लगाइएको थियो ।

मुख्यमन्त्री केसीको सचिवालयबाट सुचना पाएर समाचार संकलनमा पुगेका पत्रकारलाई मुख्यमन्त्री आफैले तपाईहरुलाइ कस्ले बोलायो भन्दै समाचार संकलनमा पुगेका पत्रकारलाई रोक लगाएका थिए । २०७७ साल असोज २० मा प्रदेश सभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको राजधानीको टुंगो लगाएको थियो ।

निर्णय भएको २ बर्ष २ महिना पछि मुख्यमन्त्री कार्यालय राजधानी क्षेत्रमा स्थापना गरिएको छ । अन्य मन्त्रालय समेत स्थापनाको तयारी भइरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्