दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । शुक्रबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका ( देउखुरी ) मा आयोजित कार्यक्रममा उपस्थित भएका सुरक्षा निकायका प्रमुखहरुलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।
राजधानीको स्थायी मुकामको विषयलाई लिएर कसैले पनि राजनीति गर्न नहुने भन्दै सबै संयम भएर प्रदेशसभाले गरेको निणर्यलाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गर्नु भएको छ । लुम्बिनी प्रदेशको राजधानीको लागि सुरक्षाको दृष्टिले निकै सम्वेदनशील विषय भएको बताउँदै सिसी क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्थापन, मन्त्रालयको सुरक्षा, मुख्यमन्त्री एवं मन्त्रीहरुको सुरक्षा लगायतको विषयमा व्यवस्था मिलाउनको लागि निर्देशन दिनु भएको मुख्यमन्त्री केसीका प्रमुख राजनीतिक सल्लाहकार अम्मर बहादुर डाँगीले बताउनु भयो।
आज मन्त्रालयमा आयोजित सुरक्षा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री ज्युले यस प्रकारको निर्देशन दिनु भएको छ’– प्रमुख सल्लाहकार डाँगीले भन्नु भयो । मुख्यमन्त्री केसीले यो राजधानी कार्यन्वयको लागि सबै सुरक्षा निकायले आआफ्नो टिमबाट अगाडी बढाउनु पर्ने बताउनु भयो । सुरक्षा निकायले सरकारको कामलाई सहजीकरण हुने गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्नु भएको छ ।
बैठकमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून एवं सञ्चार मन्त्री तिलकराम शर्माले सुरक्षा निकायको समन्वय गरी अगाडी बढाउनको लागि मन्त्रालय तयार रहेको बताउदै सुरक्षा निकायको सहकार्यमा मात्र अन्य काम गर्न सकिने बताउनु भयो। अस्थायी राजधानी बुटवलबाट मन्त्रालयका सम्पूर्ण सामानहरु स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) ल्याउनका लागि सुरक्षाकर्मीको पनि महत्वपुर्ण साथ् रहेको संचार मंत्री शर्माले सुरक्षाकर्मीको खुलेरै प्रसंसा गर्नु भयो ।
सुरक्षा समितिको बैठकले तत्कालको लागि सवारी साधानको गति व्यवस्थापन, झण्डा उत्तोलन जस्ता कार्यलाई तिब्रता दिएर अगाडी बढ्ने भएको छ । बैठकमा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्र.ना.म.नि. कार्यालयका प्रमुख नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी बलका विन्धवासीनी मुख्यालयका श.प्र.व.उ. बल नेपाल, राजसिंह दल गण दाङका गणपति रविन्द्र महर्जन, आन्तरिक मामिला तथा कानून सञ्चार मन्त्रालयका उपसचिव यमबहादुर कुवर र शाखा अधिकृत तुलसी पौडेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्