दुख हरण यादव
गढवा – सभ्य समाजको निर्माण – लैंगिक हिंसा बिरुद्धको अभियान भन्ने मुल नाराको साथ मंसिर ९ गते देखि शुरू भएको अभियान शनिबार एक कार्यक्रम बिच गढवामा सम्पन्न भएको छ ।
गढवा गाउँपालिकाको आर्थिक सहयोग विभिन्न सामाजिक संघसंस्थाको सह आयोजनामा सन्चालन गरिएको अभियान देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र गढवाकी अध्यक्ष ओभा पाठकको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अथिति तथा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरीले लैंगिक हिंसाको घटना दिनप्रतिदिन बढदै गैरहेको बताउदै यसको न्यूनीकरणको लागि आफैबाट सुरु गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरि बिशिस्ट तथा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले पालिका भित्र कुनै पनि प्रकारको हिंसालाइ बढवा नदिने बताउनु भयो ।
त्यस्तै गढवा गाउँपालेका-६ का वडा अध्यक्ष वीर वहादुर आलेले महिला पुरुष समाजको अभिन्न अंग भएको बताउदै गाउँघर टोलमा पुरुषको तुलनामा महिलाहरु हिंसाको बढि शिकार हुने गरेको बताउनु भयो ।
कार्यक्रममा गढवा गाउँपालेका महिला बालबालिका शाखाकी प्रमुख प्रेरणा चन्द, नेपाल हृदय रोग निवारण केन्द्र दाङका सचिव शंकर पाण्डे, मुक्त कम्लहरी विकाश मन्च दाङकी ज्ञानु थापा, सिपि नेपालकी सीता कुमाल, रिया चौधरी, दक्षिण देउखुरी अधिकार मन्चकी पुजा चौधरी, शान्ति पुनर्स्थापना गृह कोइलाबासकी सिमा जिसी, गढवा उद्योग बाणिज्य संघ गढवाकी सचिव मधा न्यौपाने ,नव स्वर्गद्वारी महिला सहकारीकी रेखा थापा, नेपाल इन्द्र फाउन्डेसनका सुभास चौधरी, हेमन्ता गौतम, नेपाल अपाङ्गता संरक्षण समाज गढवाका भरत पन्त, ग्रीन भ्याली फ्रेन्ड्स क्लब गढवाका अध्यक्ष सन्जय आले लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि भएकाहरुलाई तातो आलु र कुर्सि दौड खेल खेलाइएको थियो । तातो आलु खेलमा गढवा गाउपालिका वडा नं ७ घोराहीकी रिता चौधरी तेस्रो स्थान,सुस्मिता चौधरी दोस्रो स्थान र लिला चौधरी प्रथम स्थान हासिल गर्नु भएको थियो, त्यसै गरी कुर्सि दौड खेलमा वडा नं ७ घोराहाकी सुलोचना चौधरी तेस्रो, उर्मिला चौधरी दोस्रो र सुन्दर कुमारी चौधरीले प्रथम स्थान हाँसिल गर्नु भएको थियो ।
विजेता सबैलाइ प्रमुख अथिति, बिशिस्ट अथितिले पुरुस्कार प्रदान गर्नु भएको थियो । देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र गढवाकी गिता यादवको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन रेडियो साझा आवाज गढवाका दुख हरण यादवले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्