दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले अब विकास निर्माणको कामले गति लिने बताउनु भयो। लमही नगरपालिका-४ स्थित पक्कि पुलको शिलान्यास गर्दै नगर प्रमुख चौधरीले समग्र नगरको विकासका लागि सबैले साथ् दिनु पर्ने बताउनु भयो। जनप्रतिनिधिले मात्र एक्लै सम्भव नभएको भन्दै अब सबै नगरवासीले पनि सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।
पुलको शिलान्यास गर्दै नगर प्रमुख चौधरीले नगर भित्र ठुला ठुला योजनाहरु सम्पन्न हुँदै छन् कतै पक्कि पुल कतै कालोपत्रे कतै सुविधा सम्पन्न भवन, यी नै हाम्रो नगरपालिकाको शान हो उहाँले भन्नु भयो । लमही नगरपालिका- ४ स्थित बहगी सोता खोलामा पक्कि पुल निर्माणको काम शुरु भएको छ । आइतबार लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष सुबास न्यौपानेले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
लमही नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको उक्त पक्कि पुलको लागत २ करोड छयासी लाख बाइस हजार दुइ सय पैतालिस रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त पुलको निर्माण कार्यको जिम्मा रोल्पाको राजविर निर्माण सेवा कम्पनीले पाएको छ ।
यो खोलाले थुप्रै किसिमको समस्या सिर्जना गरेको थ्यो, अब आवतजावत गर्न सहज हुने वडा नम्बर ४ का वडा अध्यक्ष सुबास न्यौपानेले भन्नु भयो ।
यस कम्पनीले उक्त पुल आगामी २०८१ असार मसान्त सम्म निर्माण कार्य सक्ने भनेर नगरपालिकासंग सम्झौता गरेको नगरपालिकाका इन्जिनिएर सौगात ओलीले जानकारी दिनु भयो । पुलको दुरी २५ मिटर लामो रहने ओलीले बताउनु भयो।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले निर्माणाधीन पक्कि पुलको निरीक्षण गर्नु भएको छ । वडा नम्बर ३ को बाघखोली खोलामा पनि पक्कि पुल निर्माण हुँदै छ । नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको पुलको लागत एक करोड उनानब्बे लाख चौध हजार छ सय त्रिहत्तर रुपैयाँ रहेको छ ।
यो पुलको निर्माण कार्यको जिम्मा विशाल/विराट/इसान जेभी निर्माण कम्पनीले लिएको छ भने पुल आगामी असार मसान्त सम्म सम्पन्न गरि सक्नु पर्ने गरि काम शुरुवात भएको छ। यो पुलको लम्बाई तेह्र मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्