खाना पुर्याउन पुगेकी विनिता ब्राउन सुगर सहित पक्राउ

दाङ समाचार
दाङ समाचार २६ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

दाङ – प्रहरी ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका -१५ की विनिता खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।

केही दिन पहिले जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका – १५ रतनपुरबाट २० वर्षिय अशोक खड्कालाई चार ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो ।

ब्राउन सुगरसहित श्रीमान पक्राउ परेपछि उनकी श्रीमती २१ वर्षिय विनिता खड्का नियमितजसो भेटघाटमा जाने गरेको प्रहरीले बताएको छ ।

उनले हिरासतमै श्रीमान अशोकलाई दिनका लागि सानो पोका-पोका पारेर ब्राउन सुगर लगेर गएको अबस्थामा फेला परेपछि प्रहरीले आज विनितालाई पक्राउ गरेको हो ।

श्रीमान अशोकलाई खाना खुवाउने बेला उनले प्रहरी हिरासतमै ब्राउन सुगर लगेर जाने गरेको तथ्य खुलेको छ ।

पक्राउ परेकी विनितालाई प्रहरीले स्वास्थ्य परिक्षण गरेर म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्