सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

दाङ समाचार
दाङ समाचार २६ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेको छ ।

राष्ट्रपति राष्ट्रपतिका प्रेस सल्लाहकार टीकाप्रसाद ढकालले अध्यादेश आइपुगेको जानकारी दिनुभयो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्