काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपति कार्यलयले एक विज्ञप्ती जारी गर्दे नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस १० गते आईतबार १७ः०० बजे भित्र दावी पेश गर्न राष्ट्रपतिबाट आह्वान भएको जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्