दाङ – नेपाल सितोरियो कराँते संघ दाङले निर्माण गर्न लागेको संघको कार्यालय भवनको आज बुधबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ९ अमृतनगर टोल बेलुवामा निर्माण गरिन लागिएको पक्की भवनको नेपाल सितोरियो कराँते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपाली र नेपाल सितोरियो कराँते संघ दाङका अध्यक्ष पदम वहादुर बस्नेतले सामुहिक रुपमा शिलान्यास गर्नु भएको हो ।
लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्रालय अन्तरगत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको १० लाख र संघको १ लाख ९८ हजारको श्रमदान गरि कुल ११ लाख ९८ हजारमा भवनको निर्माण कार्य सम्पन्न गरिने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा संघका सचिब मोहलाल थापाले जानकारी दिनु भएको छ ।
अध्यक्ष थापाका अनुसार ८ मिटर लम्बाई र ५ मिटर चौडाइ रहेको एक कोठे भवनको शिलान्यास संगै आज बाट निर्माण कार्य सुरु गरिएको छ । भवनको निर्माण कार्य पुस मसान्तसम्ममा सम्पन्न गरिनेछ ।
सो अबसरमा संघका सदस्य देउचन केसी,पुस्पा नेपाली, प्रतीक्षा विसी, भवन निर्माण उपभोक्ता समितिका सदस्य पुतली नेपाली, सुरेश नेपाली लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्