काठमाण्डौ – नयाँ सरकारको नेतृत्वबारे छलफल गर्न शनिबार बसेको पाँचदलीय सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ ।करिब ३ घण्टा बालुवाटारमा बसेको बैठकले कुनै नतिजा निकाल्न सकेन । तर, भोलि फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, ‘खबरहरू सुखदै छन्। आज निर्वाचनपछि सम्भवतः पहिलो पाँचदलीय गठबन्धनको बैठक बसेर अहिलेको विकसित राजनीतिक घटनाक्रमको बारेमा गम्भीर छलफल भएको छ। आगामी दिनमा कसरी जाने भन्नेबारेमा पनि छलफल भएको छ।’ उनले भोलि बिहान बैठक बस्ने र त्यसले सरकार गठनबारे टुंगो लगाउने बताए ।
आजको बैठकमा माओवादी केन्द्रले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने स्पष्ट अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्