सामूहिक कुटपिटबाट एक जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – बुटवलमा सामूहिक कुटपिटबाट एक पुरुषको हत्या गरिएको छ । बुटवल उपमहानगरपालिका-१३ नागरिक टोलका ५५ वर्षिय यमप्रसाद नेपालको घरमै बसिरहेको बेला एक समूहले कुटपिट गर्दा ज्यान गएको हो ।

शुक्रबार साँझ ६ बजे स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएका अमृत पराजुली,अनिल पराजुली,खेम पाण्डे,गायत्री पराजुली लगायतले कुटपिट गर्दा नेपालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए ।

डीएसपी थापाका अनुसार कुटपिटको प्रतिकार गर्दा यमप्रसादका दुई छोराहरु दीपेश र दिवस घाइते भएका छन् । कुटपिटपछि नेपाललाई नजिकैको एडमण्ड सिटी अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्