“छोरा केही खाना खाएर जाऊँ, तिमीले दुई दिनदेखि केही खाएका छैनौ ।” आमाले छोरालार्र्ई भन्नुभयो ।
“हेर्नुहोस् आमा । मैले यस बिदामा साइकल मागेको थिए तर बाबाले मेरो परीक्षा सकिएपछि साइकल किनिदिने बाचा गर्नुभएको थियो । आज मेरो अन्तिम परिक्षा हो, यदी दिदीले पैसा लिएर जानुभएन भने म घर फर्कने छैन। मैले साथीको पुरानो साइकल किन्ने छँु ।” छोराले रिसाउँदै भन्यो ।
गरिब घरमा छोराको जिद्दिपनले सबैलार्र्ई पिरलो पारेको थियो ।
“छोरा तिम्रो बाबाले तिम्रालागि साइकल किन्ने तयारीमा हुनुहुन्थ्यो तर गत महिना उहाँको दुर्घटना …….. ।” आमाले भन्दै हुनुहुन्थ्यो । त्यही बेला छोराले भन्यो, “मलार्र्ई साइकल चाहिन्छ अरु मलार्र्ई केही थाहा छैन ।” ऊ त्यसपछी घरबाट निस्कियो ।
कक्षा ८को अन्तिम परीक्षा थियो । शिक्षकले अन्तिम परीक्षाको दिन एक व्यावहारिक परीक्षा पनि लिने कुरा गर्नुभयो । सबैले परीक्षा दिएपछि उनीहरुलार्र्ई शिक्षकले पूनः कक्षाकोठामा राखी ‘परिवारमा मेरो भूमिका’ भन्नेबारे केही व्यावहारिक प्रश्नका साथ परीक्षा सुरु गर्नुभयो ।
मोहन आएर हलमा बस्यो । उसले साइकलको बारेमा सोचिरहेको थियो । त्यसै समय परीक्षाको पेपर बाँडियो । पेपरमा १० प्रश्न थिए र एक घण्टाको समय थियो ।
मोहनले प्रश्नपत्र पढ्दै उत्तर लेख्न थाल्यो ।
प्रश्न १) तपाईको घरमा कसले कति समय काम गर्नुहुन्छ ?
उसले उत्तर लेख्न थाल्यो, “बुबा बिहान ६ बजे देखि रातको ९ बजेसम्म अटो चलाउनुहुन्छ, १५ घण्टा । आमा बिहान ६ बजे उठेर १० बजे सम्म घरको काम गर्नुहुन्छ, १६ घण्टा । दिदी ५ बजे उढेर कलेज जानुहुन्छ, १०–४ अफिसमा काम गर्नुहुन्छ, कामबाट फर्केर मम्मीलार्ई सघाउनुहुन्छ, दिनभरी नै । म बिहान उठेर स्कुल जान्छु, साथीहरूसंग खेल्न जान्छु, एकछिन पढ्छु ।” उसलार्र्ई लाग्यो, “घरमा कसैलार्ई सहयोग नगर्ने म नै पो रहेछु ।”
प्रश्न २) तपाईको परिवारमा मासिक आम्दानी कति हुन्छ ?
उसले उत्तर लेख्न थाल्यो, “बाबाको दश हजार, आमा र दिदीको थप्दा करिब १५ हजार जति ।”
प्रश्न ३) नेटको रिचार्ज प्लान, मन पर्ने शो, सिनेमा हलको ठेगाना र हाल चलिरहेको चलचित्रको नाम लेख्नुहोस् ।
मोहनलार्र्ई यसको उत्तर थाहा नै थियो, उसले दुई मिनेटमा उत्तर लेख्यो ।
प्रश्न ४) १ किलो आलु, प्याज, गहुँ, चामल र तेलको मूल्य कति छ ? पिठो कहाँ पाइन्छ, लेख्नुहोस् ।
मोहनलार्र्ई यो प्रश्नको जवाफ थाहा थिएन ।
उसलार्र्ई घरको काम गर्न लाज लाग्थ्यो । उसलार्र्ई आमाले काम अराउँदा उसले सोझै अस्विकार गथ्र्याे । त्यसैले उसलार्ई यसबारे केही थाहा थिएन ।
प्रश्न ५) के तपाई आफ्नो घरमा खाना खाँदा रिसाउनुहुन्छ ?
उसले उत्तर लेख्यो “हो, मलार्र्ई आलुको तरकारी मात्र मन पर्छ आमाले अरु तरकारी पकाउँदा म सधँै रिसाउँछु ।”
जबाफ लेख्ने बितिकै उसलार्र्ई पश्चाताप लाग्यो । उसले खाना मिठो नभएकाले एक दिन खाना थुकेको झर्लक्क सम्झियो ।
प्रश्न ६) तपाईले घरमा अन्तिम कुरा के माग्नुभएको थियो ?
उसले उत्तर दियो, “मैले बिदा सुरु हुनुअगाडि बुबासँग साइकल मागेको थिए । उहाँले पूरा गर्न नसक्ने बताउनुभयो । मैले घर नफर्कने निर्णय गरे ।”
उसलार्र्ई अझ धेरै पश्चाताप लाग्यो र मनमनै सोच्यो, “मैले घरमा सबैलार्ई दुख मात्र दिएको रहेछु ।”
प्रश्न ७) तपाई र तपाइको भाइ बहिनीले खाजा खर्च कसरी प्रयोग गर्नुहुन्छ ?
उसने उत्तर लेख्यो, “मेले आफूले पाएको रकम साथीहरुसँग खर्च गर्छु भने मेरी दिदीले उक्त रकमलार्ई खुत्रुकेमा बचत गर्नुहुन्छ ।”
प्रश्न ८) तपाईले आफ्नो परिवार प्रतिको उत्तरदाइत्त्व करासी निभाउनुहुन्छ ।
उसलार्र्ई लेख्न गाह्रो भयो तर पनि उसले लेख्यो , “सहकार्य गरेर, नम्र व्यवहार गरेर परिवारलार्ई सघाउछु ।” उसले आफ्नो गल्ती छोप्ने प्रयत्न ग¥यो ।
उसले यति लेखेपछि उसको मनमा प्रश्न आयो, “के तिमीले यस्ता कामहरु गर्छौं ?” उत्तर थियो, “पक्कै पनि होइन” ऊ सुध्रिन प्रयास गर्दै थियो ।
प्रश्न ९) के तपाईलार्र्ई तपाईको नतिजाबारे कसैले केही भन्नुहुन्छ?
उसका आँखा आँसुले भरिए । उसले तै पनि लेख्यो “मेरो नतिजासँग कोही पनि सन्तुष्ट हुनुहुन्न तर पनि मलार्र्ई कसैले केही भन्नु भएको छैन । ”
प्रश्न १०) के तपाईं आफ्नो छुट्टीको समयमा घरपरिवारलार्र्ई काममा सघाउनु भएको छ ?
उसको अाँखाबाट एकाएक अाँसुका धारा बग्न थाले । उसले केही लेख्न सकेन ।
उसले दशौँ प्रश्न नगरेरै पेपर बुझायो ।
ऊ कक्षाकोठाबाट बाहिर निस्किदै गर्दा उसले दिदीलार्र्ई गेटमा देख्यो र दौड्दै दिदीतर्फ गयो ।
दिदीले उसलार्र्ई पैसा दिनुभयो । “कहाँबाट लिउनुभएको यति धेरै पैसा ।” मोहनले सोध्यो ।
दिदीले भन्नुभयो, “आज मेरो तलब आयो, बुबाले केही पैसा दिनुभयो र मैले मेरो खुत्रुके पनि फिुटाए , ला ।” यति भनेर उहाँ घर जानुभयो ।
त्यतिकैमा उसको साथी साइकल लिएर आयो ।
“लौ यो साइकल, १२ हजारको तिमीलार्र्ई ८ हजारमा दिए ।“ साथीले भन्यो ।
’मलार्र्ई यो साइकल चाहिदैन। तिमी जाऊ यो साइकललार्र्ई १२ हजार दिने साथीलार्र्ई नै बेच । “ उसले भन्यो ।
उ त्यसपछि शिक्षकहरूको कोठामा पुग्यो ।
“परीक्षा कस्तो भयो ?“ सरले सोध्नुभयो ।
मोहनले रसाएको अाँखाले जबाफ दियो,“ सर यो मेरो परीक्षा मात्र नभएर एक मार्गदर्शन थियो । मैले एउटा प्रश्न गरेन । मैले यसलार्र्ई व्यावहारमा उतार्ने छु ।” उसले यति भनेर गुरुको आशिर्वाद लियो र घर लाग्यो ।
ऊ घर पुग्दा सबै परिवार एकै ठाँउ बस्नुभएको रहेछ । “तिम्रो साइकल खोई?” उसको आमाले सोध्नुभयो ।
“मलार्र्ई साईकल चाहिँदैन आमा ।“ उसले भन्यो, “ अब म तपाईको अटो चलाउनेछु बाबा, तपाई आराम गर्नुहोस् ।” “तपाईँ आजदेखी जे खाना बनाउनु हुने छ, म त्यही खाने छु। म घरको काममा पनि तपाईलार्र्ई सहयोग गर्ने छु, आमा ।” उसले फेरि थप्यो ।
त्यतीकैमा उसको सर त्यही आउनुभयो । उहाँले उत्तर पुस्तिका पढ्नुभएको रहेछ र आफ्नो परीक्षाले काम गरेको थाहा पाउनुभएछ, उहाँलार्र्ई धेरै नै खुसी लाग्यो ।
मोहनले शिक्षकसँग आशिर्वाद लिएर धन्यवाद दिदै काममा लाग्यो ।
आयुष सुबेदी
कक्षाः ८
गोरखा मोडेल सेकेन्डरी स्कुल
लमही, दाङ

प्रतिक्रिया दिनुहोस्