मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २ माघ २०७९, सोमबार
1 Min Read
Aa

दाङ – माेटरसाइकल दुर्घटना हुँदा दाङमा दुई जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा घाेराही उपमहानगरपालिका- १६ का २१ वर्षीय सुशील चाैधरी र साेहि ठाउँ निवासी वर्ष १८ का विवेक चाैधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।

घाेराहीको सर्रा – साैडियार सडकखण्डमा उनीहरु सवार रहेको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे। गम्भीर घाइते भएका दुबैजनालाई अस्पताल लगिएको थियो, गम्भीर घाइतेलाई अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले मृत घोषित गरेका थिए । मृतककाे शव पाेष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा राखिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्