काठमाडौँ – काठमाडौँको चोभार पुल नजिकैबाट एउटा कार बागमती नदीमा खसेको छ। द्रुतमार्गबाट कीर्तिपुरतर्फ आउँदै गरेको बा.५च ५६५४ नम्बरको कार बागमती खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परेर सो कार चालक दक्षिणकाली नगरपालिका–१ खहरे घर भएका राजकुमार लामिछाने बेपत्ता भएका छन्। कारमा सवार ३५ वर्षीय अम्बिका लामिछाने खत्री गम्भीर घाइते भएकी छन्। अम्बिकाको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता चालकको खोजी भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्