राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक मोन्टी देशाई

दाङ समाचार
दाङ समाचार ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाई नियुक्त हुने भएका छन् ।

स्रोतका अनुसार नेपाल क्रिकेट संघ (क्यान)को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

यद्यपि, क्यानले यसबारे औपचारिक रुपमा घोषणा भने गरेको छैन । देशाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्टको जिम्मेवारी सम्हालेका थिए ।

त्यसअघि देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिमका लागि काम गरेका थिए ।

मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएकामा क्यानले अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्