दाङ – ईलाका प्रशासन कार्यालयमा लाग्ने भिडलाई व्यवस्थापन गर्न दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चासो देखाउनु भएको छ । साथै उक्त भिडलाई व्यवस्थापन गरि छिटोछरितो सेवा प्रवाह गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
ईलाका प्रशासन कार्यालय लमहीमा सेवाग्राहीको बढ्दो भिडका कारण सेवा प्रवाहमा समस्या उत्पन्न भएको र सेवाग्राहीले छिटोछरितो सेवा नपाएको गुनासो बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारीले इलाका प्रशासन कार्यालयको निरीक्षण गर्नु भएको हो ।
राष्ट्रिय परिचयपत्र बनाउने कार्यले गर्दा पनि सेवाग्राहीको भिड बढेको बताउदै यो भिड अझै एक महिना कायम रहने उहाँको भनाई छ । भिड व्यवस्थापन गर्नका लागि ईलाका प्रशासन कार्यालयमा सुरक्षाकर्मी खटाइने रेग्मीले बताउनु भयो ।
पुराना नागरिकतामा कतिपय मानिसका जन्म मिति मात्र लेखेका हुन्छन, मिति मात्र लेखेका नागरिकताले राष्ट्रिय परिचयपत्र बनाउन मिल्दैन त्यसकारण सबै उल्लेख गरि नागरिकताको प्रतिलिपी लिनु पर्ने हुँदा समय लाग्छ, पुराना नागरिकतामा सम्पुर्ण बिवरण भरेर मात्र राष्ट्रिय परिचयपत्र बनाउन बिभागले परिपत्र गरेको हुँदा ढिला हुने गरेको प्रजिअ रेग्मीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्