दाङ – लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटी स्थित टेङ्गनैया बाबा धार्मिक विकास क्षेत्रको अध्यक्षमा दिकपाल योगी निर्बिरोध निर्बाचित हुनु भएको छ ।
शनिबार सम्पन्न प्रथम अधिवेशनबाट योगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ । समितीको उपाध्यक्ष्यमा पार्बती गौतम, सचिबमा नारायण प्रसाद मजगैंया,सहसचिबमा तारा प्रसाद नेपाली, कोषाध्यक्षमा अम्री कुमारी थापा, सदस्यहरुमा देवा परियार, दिलिप कुमार बुढाथोकी, शर्मिला श्रेष्ठ, प्रेमलाल चौधरी, बिष्णु चौधरी र भिम बहादुर पुन रहनु भएको छ ।
सल्लाहकारमा निबर्तमान अध्यक्ष डिल्ली बहादुर खड्का, कर्ण बहादुर बुढाथोकी, राधा केसी, यादब प्रसाद काफ्ले, गिरिराज बुढाथोकीलाई चयन गरिएको छ । कार्यक्रममा बोल्ने बक्ताले समग्र टेङ्गनैया बाबा धार्मिकको विकासका निम्ति सबै अग्रसर हुनुपर्ने बताउनु भएको छ ।
अबको नेतृत्वले थप विकास सँगै राष्ट्र स्तरमा यसको परिचय दिलाउन सकोस भन्दै शुभकामना ब्यक्त गरिएको छ । जिल्लामा चिनिदै गरेको टेङ्नैया बाबा धार्मिक स्थलको थप प्रचार प्रसारमा सबै लाग्नुपर्ने सबैको भनाई छ । कार्यक्रममा यादब प्रसाद काफ्ले, राधा केसी, पार्बती गौतम, कर्ण बहादुर बुढाथोकी लगायतका बक्ताले मन्तव्य राख्नु भएको थियो ।
धार्मिक सँस्थाका अध्यक्ष डिल्ली बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा तारा नेपालीले स्वागत मन्तब्य राख्नु भएको थियो भने आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका सचिब यादब नाथ योगीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्