प्रहरी वरिष्ठ नायब निरीक्षक मल्लको निधन

दाङ समाचार
दाङ समाचार १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

दाङ – वडा प्रहरी कार्यालय लमहीमा कार्यरत प्रहरी अधिकृत पुरान मल्लको निधन भएको छ । उहाँ केही समय यता मुटु सम्बन्धिरोगबाट पिडित हुनुहुन्थ्यो ।

ड्युटीकै क्रममा अचानक बेहाेस भई उपचारकाे लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि भेरी अस्पताल लगेको र त्यहाँपनि सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउ पुर्याइएको थियो । उहाँको उपचारकाे क्रममा निधन भएको उहाँका भान्जा भुपेन्द्र सिंहले जानकारी दिनु भयो ।

नेपालगन्जमा पुर्याउदा सम्म मल्लको स्वास्थ्य अवस्था जटिल भएकोले नेपालगन्जबाट उपचारका लागि भारतको लखनउ लैजान चिकित्सकले सल्लाह दिएका थिए ।

सुर्खेत जिल्ला सिम्ता गापा – ९ घर भइ हाल कोहलपुर नपा -१२ चप्परगौडीमा बस्दै आउनु भएका मल्ल एक इमानदार, कर्तव्य पालक, जुनियर प्रहरी अधिकृत हुनुहुन्थ्यो ।

उहाँले २०५८ सालमा प्रहरी जवानबाट प्रहरी सेवामा प्रवेश गर्नु भएका मल्ल हाल प्रहरी वरिष्ठ नायब निरीक्षक सम्म पुग्न सफल हुनु भएको थियो । उहाँको एक श्रीमती र तीन छोरी हुनुहुन्छ । उहाँको अन्तिम दाहसंस्कार आजै बाँकेको अगैया स्थित राप्ती घाटमा गरिने उहाँका भान्जा भुपेन्द्र सिंहले जानकारी दिनु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्