दाङ – देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आठौँ दिन चर्चित लोक दोहोरी गायक पशुपति शर्मा आउने हुनु भएको छ । शर्मा संगै दोहोरी गायक चोलेन्द्र पौडेल, घनश्याम रिजालको पनि प्रस्तुति रहने भएको छ ।
लोक तथा दोहोरी गायक ढाकाराम पौडेल दुई दिन देखि लमही महोत्सवमा कार्यक्रम संचालनको भूमिकामा रहनु भएको छ । त्यस्तै उहाँ संगै अनुप बुढा दीपक वर्माले पनि आ-आफ्नो प्रस्तुति दिई रहनु भएको छ । पछिल्लो पुस्ताकी चर्चित डान्सर नारायणी खत्रीले दर्शकलाई मनोरंजन दिलाई रहनु भएको छ । साथमा सगरमाथा डान्स ग्रुपको बेजोड धमाका रहने मेला व्यवस्थापक बिनोद बुढाथोकीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्