सञ्चारमाध्यमको कार्यालय घेर्ने रवि लामिछानेको घोषणा

दाङ समाचार
दाङ समाचार २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आधारहीन समाचार लेखे कान्तिपुर मिडियासहितका सञ्चार गृह घेर्ने घोषणा गरेका छन् ।

‘अब आधारहीन समाचार लेखे अब आधारविहीन समाचार लेख्यो भने अब म कान्तिपुर घेर्न आउँछु’, उनले भने, ‘आधारसहित हाल्नुस् नो प्रब्लम् । तपाईँसँग रिडरहरु छन् होला, मसँग पनि शुभचिन्तकहरु होलान् ।

तपाईँको पत्रिकामा सस्क्राइबर्सहरु होलान् मेरा पनि सत्कर्मले आर्जन गरेका साथीहरू छन् । सबैलाई लिएर घेर्न आउँछु खबरदार ।’ उनले गलत ढंगले गर्ने कुनै पनि मिडियालाई नमान्ने बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्