सन्दीपलाई भेट्न नेपाल आए रिजवान

दाङ समाचार
दाङ समाचार २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – पाकिस्तानका सुपरस्टार विकेटकिपर/ब्याट्सम्यान मोहम्मद रिजवान नेपाल आएर सन्दीप लामिछानेलाई भेटेका छन् । सन्दीपलाई भेट्न भनेर रिजवान आइतबार नेपाल आएका थिए ।

रिजवानले सन्दीपलाई आइतबार नै भेटेर हौसला प्रदान गरेका बताईएको छ । उनी सन्दीपलाई हौसला र मनोबल बढाउन नै नेपाल आइपुगेका बुझिएको छ । रिजवानले सोमबार विहान नेपाली क्रिकेट टोलीलाई पनि भेटेर सल्लाह सुझाव दिएका छन् । उनी आजै स्वदेश फर्किँदैछन् ।

सन्दीपले पाकिस्तानी लिगमा खेल्दा रिजवानसँग उनको दोस्ति भएको थियो । अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरू खेलेका कारण सन्दीपको विश्वका धेरै क्रिकेटरहरूसँग सम्बन्ध रहेको छ । रिजवान टी–२० क्रिकेटमा सर्वाधिक सफल ब्याट्सम्यानमा पर्छन् । उनी विश्व वरीयतामा दोस्रो स्थामा छन् । #Newspolar

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्