लुम्बिनी प्रदेशको स्थापना दिवस सम्पन्न

दाङ समाचार
दाङ समाचार ३ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशको छैटौँ प्रदेश स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि राप्ती उपत्यकाको देउखुरीमा सम्पन्न भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले विभीन्न क्षेत्रमा रहेर योगदान दिनुभएका ६१ जनालाई विभिन्न पदकले विभूषित गरेको छ ।

पुरस्कृत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पुरस्कार प्रर्दान गर्नुभएको थियो । औपचारिक कार्यक्रमको शूरुवातहुनु पुर्व विभिन्न समुदायका सस्कृतिझल्कने झाँकीहरु समेत पदर्शन गरिएको थियो । प्रतियोगीतात्मक झाँकी मध्ये उत्कृष्ट हुनेलाई समूहलाई पुरस्कृत समेत गरिएको छ ।

जसमा घोराही उपमहानगरपालिका दाङको भुम्या नाच प्रथम, दाङकै राप्ती गाउँपालिका मगर साँस्कृतिक संघको नौमती बाजा सहितको नृत्य द्वितीय, राप्ती गाउँपालिकाकै जागृति साँस्कृतिक समुह तृतिय, नव प्रगतिशील यूवा क्लव राप्ती गाउँपालिका र शिव यूवा क्लव लमहीले सान्तवना स्थान प्राप्त गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पहिलो कार्यकालमा सरकारले प्रदेश राजधानीको नाम र ठाउँमा सवालमा निर्णय गरेको जानकारी दिदै राजधानी कार्यान्वयनको सवाललाई चुनौती र अवसरको रुपमा बर्तमान सरकाले लिएको बताउनुभयो । उहाँले भन्नुभयो,—। ‘अघिल्लो सरकारले राजधानीको सवालमा महत्वपूर्ण निर्णय गरेको छ, बर्तमान सरकारलाई कार्यान्वयन गर्ने चुनाती र अवसर छ । यसपटक सरकारले जगबलियो बनाउँदै प्रदेशलाई समृद्ध बनाउने तर्फ अग्रसर हुन्छ ।’

यस्तै मुख्यमन्त्री गिरीले राजधानीको लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने र प्रदेशमा जनताको आवश्यकता पूरागर्ने काम मुख्य रहेको समेत बताउनुभयो । लुम्बिनी प्रदेशमा ७२ वटा कानुन वनाएर नेपालमै कानुन वनाउने प्रदेशमा पहिलो प्रदेश रहेको जानकारी दिदै उहाँले समुन्नत प्रदेश स्थापनामा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

अब पनि पहलिो कार्यकाल जस्तै काम गर्दैछौ, सिक्दै छौ भनेर जनताले विश्वास नगर्ने भन्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकारको कामकाज तिव्र गतिमा हुने समेत बताउनुभयो । प्रदेश सरकारले विभिन्न पदबाट पुरस्कृत गरेर राज्यभएको अनुभुतिदिालएको भन्दै उहाँले सार्वजनिक काममा महत्वपूर्ण काम गर्नेलाई राज्यले सम्झने समेत बताउनुभयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्