गढवाको सडक सुरक्षामा उद्योग वाणिज्य संघको चासो

दाङ समाचार
दाङ समाचार ४ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

दुख हरण यादव

गढवा बजारको सडक सुरक्षामा गढवा उद्योग वाणिज्य संघ चासो देखाएको छ । गढवा बजारको मेन चोकमा सवारी साधन चलाउन, पैदल यात्री हिड्ने बाटोमा अनावश्यक सामाग्री राखेर बाटोमा अबरोध खडा गरेको जनगुनासो बढेपछि गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा मगरको नेतृत्वमा गढवा गाउँपालिका – ६ को कार्यलाय, वडा सदस्य दिनामणि आचार्य, गोबिन्द रोका, इप्रका गढवा,अस्थायी ट्राफिक प्रहरी पोस्ट गढवाका प्रमुख जित बहादुर ओली,गढवा उद्योग बाणिज्य संघका उपाध्यक्ष ओम प्रकाश बसेल सहितको टोलिले चासो देखाउदै ब्यापारी तथा विद्यार्थीलाई सडक लेन र सुरक्षा बारे जानकारी गराएका थिए ।

केहि व्यापारीहरुबाट सडक अधिकार क्षेत्र समेत आफ्नो सामाग्री राखेर बाटो अबरुद्ध हुने गरि व्यवसाय गरेको पाइएपछि सडक लेन र सुरक्षा बारे बताउदै गढवा चोक देखि पुर्व सर्बोदय चोक र पश्चिम बुद्धज्योति चोक सम्म व्हाइट लाइनिङ गर्ने, लेन मिचेर, सडकाधिकार क्षेत्रमा ब्यापार गरे कारवाही हुने ट्राफिक प्रहरीले बताएको छ ।

कार्यक्रममा अस्थायी प्रहरी पोस्ट गढवाका प्रमुख जित बहादुर ओलीले बाटोमा हिड्ने विद्यार्थीलाई स्थलमै ट्राफिक ज्ञानको जानकारी दिदै बाटो हिड्दा सावधानी अपनाउने, आफ्नो साइड्मा हिड्ने, साथीको कांधमा हात राखेर नहिड्ने, लाइनमा हिड्ने जस्ता अत्यावश्यक विषयको बारेमा जानकारी गराउनु भएको थियो ।

भोलि शुक्रबार ट्राफिक प्रहरी, गढवा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सम्बन्धित सरोकारवाला निकायको सक्रियतामा बाटो किनाराको दुबै साइडमा व्हाइट लाइनिङ गरिने अध्यक्ष बुढा मगरले जानकारी दिनु भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्