दाङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेस बलियो भए मात्रै लोकतन्त्रलाई बचाउन र संबिधानको रक्षा गर्न सकिने बताउनु भएको छ ।
कांग्रेसले बिगतमा गरेका कमजोरीलाई सच्चाएर अघि बढ्न नसके देशको राजनितिक बिषयले नयाँ मोड लिने र देशबाट संघीयता,लोकतन्त्र धरापमा पर्न सक्ने दावी गर्नु भयो ।
नेपाली कांग्रेस लमही नगरपालिका स्तरीय सम्मेलनको उद्घाटन गर्दै उहाँले जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न आवश्यक रहेको बताउनु भयो ।‘कम्युनिष्टहरुले देशमा रोजगारीको अबसर सृजना गर्न सक्दैनन्’उहाँले आरोप लगाउदै भन्नुभयो,‘अहिले युवाहरु विदेशीन बाध्यछन् ।’
नेपाली कांग्रेसका अर्का केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरेले कांग्रेस बलियो बनाउन सबै एक ठाउँमा उभिनुपर्ने धारणा राख्नु भयो । कांग्रेस जिल्ला सभापती शंकरप्रसाद डाँगीले कांग्रेसलाई कमजोर बनाउने शक्तिको पहिचान गरेर सुधारका योजना लागु गर्ने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माले एक अर्कालाई दोसारोपण गर्नु भन्दा समाधान तर्फ लाग्नुपर्ने बताउनु भयो । कांग्रेस महाधिबेशन प्रतिनिधी जानकीलाल बस्नेतले कांग्रेस भित्रको गुटगत स्वार्थ त्यागेर अघि बढ्न सके मात्र काङग्रेस बलियो हुने बताउनुभयो ।
नेपाली नेपाली काङग्रेस पुर्ब क्षेत्रिय सभापती तथा महाधिबेशन प्रतिनिधि बासुदेब जंगलीले पार्टि भित्र परिवारबादको अन्त्य नभए सम्म पार्टि बलियो हुन नसक्ने बताउनु भयो ।
नेपाली कांङग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङग्रेश क्षेत्र नम्बर १ (क) प्रदेश समितिका सभापती श्रीपद चौधरी, क्षेत्र नं. १(क) प्रदेश समितिका सभापती दिनेश गिरी लगाउतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नगर सचिब प्रेम कालोथोकीले बार्षिक र सचिब कैलाश चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सुलोचना गीरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन लिला शाहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्