क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न नेका सहमहामन्त्री राठौर देउखुरी आउने

दाङ समाचार
दाङ समाचार १४ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले यहि फाल्गुन २० गते क्षेत्रीय सम्मेलन गर्ने भएको छ । प्रमुख वक्ताको रुपमा सम्मेलनलाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसका सहमहामन्त्री किसोरसिंह राठौर देउखुरी आउने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो ।

उक्त सम्मेलनमा वार्षिक प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ । फाल्गुन २० गते हुन् लागेको क्षेत्रीय सम्मेलनमा उपस्थिति हुनका लागि सबै नेता कार्यकर्तालाई सभापति पाण्डेले सबैलाई आग्रह गर्नु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्