एमालेले गर्यो सरकारबाट बाहिरिने निर्णय

दाङ समाचार
दाङ समाचार १५ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडाैँ – अन्ततः नेकपा एमाले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सरकारबाट बाहिरिने भएकाे छ। साेमबार बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेकाे सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे।

साथै एमालेले सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिने भएकाे छ। राष्ट्रपति निर्वाचनमा एमाले र माओवादीबीच सहमति बन्न नसकेपछि एमालेले तत्काल समर्थन फिर्ता नलिने र मन्त्रिपरिषदमा रहिरहने निर्णय गरेकाे ७२ घन्टामै उसले आफ्नाे निर्णय फेरेकाे हाे।

आइतबार परराष्ट्रमन्त्री बिमला पाैडेल राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अपमानजनक तरिकाबाट जेनेभा जानबाट राेकेपछि त्यसले एमालेलाई प्रभावित गरेकाे एमाले उपाध्यक्ष विष्णु पाैडेलले जानकारी दिनु भयो। #Deshsanchar

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्