सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

दाङ समाचार
दाङ समाचार २१ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिनुभएको हो ।

सुदूरपश्चिम प्रदेशका माओवादी दलका नेता खगराज भट्टले पार्टी अध्यक्ष प्रचण्डबाट विश्वासको मत दिन आदेश आएको बताए । ‘विश्वासको मत दिनू, आठ दलीय गठबन्धन कायम राख्नु, सरकार जोगाउनू’ भन्ने निर्देशन आएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्