काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले शान्ति सुरक्षा बाहेक सामाजिक कार्यमा पनि प्रहरी सक्रिय रहेको बताउनु भएको छ । जनकपुर उपमहानगरपालिका – १० स्थित बाह्रबिघा रंगभुमी मैदानमा आयोजित समुदाय प्रहरी साझेदारी सरसफाई कार्यक्रममा बोल्दै एसपी खड्काले सो कुरा बताउनु भएको हो ।
सरसफाई कार्यले प्रहरी पनि शान्ति सुरक्षा बाहेकका सामाजिक गतिविधिमा सकारात्मक हुन्छन भन्ने संदेश दिएको उहाँको भनाई छ । अझैं पनि सामान्य नागरिकमा प्रहरी देख्ना वितिक्कै डराउने, तर्सिने गर्ने गरेको बताउदै प्रहरी प्रमुख खड्काले प्रहरी नागरिकको साथि हो भन्ने पनि बुझाउन जरुरि रहेको बताउनु भयो । केहि महिना अगाडी जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी प्रमुख भएर त्यहाँ पुग्नु भएका प्रहरी प्रमुख खड्काले त्यहाँको शान्ति सुरक्षाका सवालमा राम्रो भूमिका निर्वाह गरेको स्थानीयहरुले बताएका छन।

उक्त सरसफाई कार्यक्रम जनकपुर उपमहानगरपालिका – १० स्थित बाह्रबिघा रंगभुमी मैदानमा भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषा र अधिकृत संगम धनुषाको सयुक्त आयोजनामा भएको थियो भने जनकपुर उपमहानगरपालिका जनकपुरधाम धनुषाको सहकार्यमा भएको थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी काशि राज दाहाल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्का, नं.८ गण सशस्त्र प्रहरी बल गणका प्रमुख दिनेश कुमार मल्ल, जनकपुर उपमहानगरपालिकाका कर्मचारीहरु, धनुषा जिल्लाका अन्य सरकारी कार्यालयका कार्यालयका प्रमुखहरू लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, बिभिन्न संघ / संस्थाका पदाधिकारीहरु, स्थानीय, नागरिक समाज गरि एक सय बढी उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्