बैंक तथा वित्तीय संस्था ‘शत्रु’ भयो – दुर्गा प्रसाईं

दाङ समाचार
दाङ समाचार २२ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडाैँ – व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थालाई ‘शत्रु’को संज्ञा दिएका छन्। आईतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्तिसमेत जनाए।

सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तीय संस्थाहरुको विरोधमा आन्दोलन नै सुरु गर्नुपरेको उनले जिकिर गरे।

प्रसाईले १७ लाख परिवारको घर बैंक तथा वित्तीय संस्थाहरुले लिलामी गर्ने सूचना आफूले पाएको दावी समेत गरे। उनले भने, ‘बैंक, लघुवित्त, सहकारीले साथ दिने होइन, शत्रुको रुपमा व्यवहार गर्ने काम भयो । आफ्नै घरमा समेत बस्न नदिने अवस्थामा बैंकले पुर्‍याए। त्यसो भएपछि आफूहरुले आन्दोलन नै सुरु गर्नु पर्‍यो ।’

प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंमा शनिबार (हिजो)बाट आन्दोलनको कार्यक्रम सुरु गरेको छ।

त्यसक्रममा उनका समर्थकहरुले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकीर गर्दै प्रदर्शन गरेका गरिरहेका छन्। गणतन्त्रमा नेता धनी हुने, जनता बैंकहरुको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकोले आफूहरुले विरोध गर्नुपरेको प्रसाईको भनाई थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्