चार मध्ये तीन खेल जितेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

दाङ समाचार
दाङ समाचार २३ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा भएको त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पपुवा न्युगिनी र यूएई सम्मिलित शृंखलामा खेलेका ४ मध्ये नेपाले ३ खेल जितेको थियो ।

पपुवा न्युगिनीसँगका दुवै खेल जितेको नेपाल यूएईसँगको पहिलो खेलमा भने पराजित भयो । नेपालले पपुवान्युगिनी र यूएईसँग नै घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दैछ ।

नेपालसँगै यूएई पनि सिरिजका लागि आज नै नेपाल आइपुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने शृंखलाको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेल मार्च १६ (चैत २) मा नेपाल र यूएईबीच हुने छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्