हिरासत कक्षबाट फरार भएका थप एक जना पक्राउ

दाङ समाचार
दाङ समाचार २८ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – गएको फागुन १६ गते ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काई फरार भएका ६ जना थुनुवाहरू मध्ये थप एक जना पक्राउ परेका छन । यस अघि चार जना पक्राउ परिसकेका थिए ।

धनुषा प्रहरीले फरार रहेका थप एक जना थुनुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिनु भयो ।

फरार रहेका थुनुवा मध्ये हातहतियार खरखजाना मुद्दाका आरोपी वर्ष ३६ का शंकर सिंह महतोलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका संयुक्त प्रहरी टोलिले फागुन २७ गते राती ८ बजेको समयमा पर्साको बिरगंज महानगरपालिका -१६ ईनर्वा स्थित भन्सार हुँदै लुकिछिपी भारत तर्फ भाग्ने क्रममा प्रहरी नियन्त्रणमा लिएको प्रहरी प्रमुख खड्काले बताउनु भयो ।

पक्राउ परेका महतोमाथी अनुशन्धान भैरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्