मावि सौडियारको विव्यस अध्यक्षमा भट्टराई

दाङ समाचार
दाङ समाचार ३० फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – तत्कालिन सौडियार गाविस हाल घोराही – ७ सौडियारकै जेठो तथा पुरानो माध्यामिक विद्यालय सौडियारको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा पत्रकार निशानदाजु भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

घोराही – ७ का वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य खोपिराम चौधरी सहीत ७ जना विद्यालय ब्यवस्थापन समिति सदस्यहरुको आज बसेको बैठकले बुद्दिजिवि तर्फवाट पुरुष सदस्यमा मनोनित गर्दै भट्टराईलाई अध्यक्षमा सर्वसहमतिमा चयन गरीएको हो ।

सामाजिक क्षेत्रमा कृयाशिल पत्रकार भट्टराई सो विद्यालयका पुर्व विद्यार्थी समेत हुन् । त्यस्तै विद्यालय ब्यवस्थापन समितिको सदस्यहरुमा घोराही – ७ सौडियारका लक्ष्मी विक, जवरपुरकी यमकला पुन मगर, धर्ना बसन्तापुरका भोजराज रावत, सौडियारका जिउधन चौधरी, वेलडाडाकी पार्वती कुर्मी निर्विरोध चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष भट्टराई सहित सदस्यहरुलाई वडा अध्यक्ष चौधरी, विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम, शिक्षकहरुले वधाई तथा शुभकामना दिएका थिए । नव निर्वाचित विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भट्टराइले विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन शिक्षक, अभिभावक र समाजका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउदै विद्यालयलाई सबै हिसावले नमुना बनाउन सामुहिक रुपमा छलफल गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्