बसमा ढुंगा प्रहार गर्ने दुई जना प्रहरी नियन्त्रणमा

दाङ समाचार
दाङ समाचार ११ चैत्र २०७९, शनिबार
1 Min Read
Aa

दाङ – यात्रु बाहक बसमा ढुंगा प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका – ८ सतबरिया निवासी वर्ष २४ का राजिप परियार र सोहि ठाउँ निवासी वर्ष १८ का कृष्चल डिसी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भएको छ ।

गएराती राती दश बजेको समयमा लमही नगरपालिका – ८ गणेशपुरमा धनगढीबाट बीरगंज तर्फ जाँदै गरेको बा.४.ख. ३४९९ नम्बरको यात्रु बसमा ढुंगा प्रहार गरि क्षति पुर्याएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।

ढुंगा प्रहारबाट बसमा क्षति पुगेको छ। पक्राउ परेका परियार र डिसी माथि आवश्यक अनुसन्धान भईरहेको दाङ प्रहरीले बताएको छ ।

No description available.

No description available.

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्