सरकारमा कसलाई पठाउने भन्नेबारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

दाङ समाचार
दाङ समाचार १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। मंगलबार अपरान्ह १२ करिब बजे पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक सुरु भएको हो।

बैठकमा सरकारमा कसलाई सहभागि गराउने बारेलगायत समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीले तीन मन्त्रालयसहित सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरेको छ। आज बिहान एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेटवार्ता गरेका थिए।

आजै अपरान्ह ४ बजे सत्तारूढ गठबन्धनका शीर्ष दलहरूबीच छलफल हुँदैछ। मन्त्रिमण्डल बिस्तार गर्न दलहरूबीच कसरत बढेकाे हाे। दलहरूबीच भागबन्डा नमिल्दा मन्त्रिमण्डल बिस्तार हुन सकेकाे छैन।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्