काठमाडौं – नेपाली कांग्रेसको शेखर कोइराला पक्षले आफूहरूले तीन जना मन्त्री पाउनु पर्ने बताएको छ ।सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकलगत्तै कोइराला समूहको छुट्टै बैठक बसेको थियो ।
उक्त बैठकमा नेता कोइरालाले कांग्रेसले ८ मन्त्रालय पाउँदा आफ्नो समूहबाट तीनजनाको माग गर्नुपर्ने बताएको एक नेताले जानकारी दिए । कांग्रेसको संस्थापनइतर समूहबाट हालसम्म उपसभापति धनराज गुरुङ र अर्का सांसद डिगबहादुर लिम्बु मन्त्री बन्ने चर्चा छ ।
सत्ता साझेदार दलहरूबीच भएको मोटामोटी सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउनेछ । कांग्रेसलगायत दलले मन्त्रीको टुंगो लगाए प्रधानमन्त्री प्रचण्डले आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्