बारा -२ मा रास्वपाको उम्मेदवार रमेश खरेल

दाङ समाचार
दाङ समाचार १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्ले र रमेश खरेललाई प्रारम्भिक उम्मेदवारमा राखेको छ । १० वैशाखमा उपचुनाव हुने तीन क्षेत्रको उम्मेदवारका लागि पार्टीमा हुने प्राइमरीका लागि रास्वपाले ६ जनाको नाम सार्वजनिक गरेको हो ।

जसअनुसार चितवन २ मा पार्टी सभापति रवि लामिछाने मात्र उम्मेदवार छन् । तनहुँ १ मा डा. स्वर्णिमसँगै ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे उम्मेदवार छन् । वाग्लेले बिहीबार मात्र नेपाली कांग्रेस परित्याग गरेका थिए ।

यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपाने छन् । पूर्व डीआईजी रमेश खरेल सुशासन पार्टीका अध्यक्ष हुन् र ४ मंसिरको चुनावमा काठमाडौं १ उम्मेदवार थिए ।

रास्वपाका अनुसार पार्टी विधानअनुसार हुने प्रारम्भिक निर्वाचनमा सबभन्दा बढी मत पाउनेलाई आगामी चुनावमा पार्टीले टिकट दिनेछ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्