काठमाण्डौ – आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्ला गौर नगरपालिक-२ का ललन कुमार राय पटेल रहेका छन् । उनि महोत्तरीमा एसईई परिक्षामा खटिएका थिए ।
बलवा नगरपालिका वडा नं. १०स्थित धमौरा मावि परीक्षा केन्द्रमा खटिएका असई ललन कुमार राय पटेलको मृत्यु भएको हो ।
अचानक स्वास्थ्य अवस्था खराब भएपछि उलाई प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रायको शव पोस्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्