खोलामा खसेर प्रहरी हवल्दार बेपत्ता

दाङ समाचार
दाङ समाचार १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ– इलाका प्रहरी कार्यालय काइगाउँ डोल्पामा कार्यरत एक प्रहरी वरिष्ठ हवल्दार बेपत्ता भएका छन्।हवल्दार जोशीराम रेग्मी बिहीबार बेलुकी गस्तीकै क्रममा काइगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

डीएसपी शिव बुढाथोकीका अनुसार दैलेखको नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय रेग्मीको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको छ।

मुड्केचुला गाउँपालिका– १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँमा बिहीबार साँझ गस्तीमा गएका थिए। त्यही क्रममा ३० मिटर तल खोलामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनास्थलमा झोला फेला परेको छ। पानी परिरहेको र खोँच रहेकाले खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्