दाङ – लुम्बिनी प्रदेशका संस्कृति, पर्यटन तथा उद्योग मन्त्री जानकी प्रसाद यादव यहि चैत्र २८ गते दाङ देउखुरीको राजपुरमा आउने कार्यक्रम रहेको छ । यादव विद्यार्थी संघ दाङले आयोजना गर्न लागेको मेलमिलाप, विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री यादव राजपुर, खरदरिया आउन लागेको संघका अध्यक्ष सुदीप यादवले जानकारी दिनु भयो ।
संघले चैत्र २५ गते आयोजना गर्ने भनेर व्यापक तयारी थाले पनि मन्त्रीको समय अनुकुल नहुँदा कार्यक्रम स्थगित गर्नु परेको थियो, त्यसपछि यहि चैत्र २८ गते मन्त्रीज्यूलाई समय मिल्ने भपछि शंकर माध्यामिक विद्यालय खरदरियामा कार्यक्रम गर्न लागेको संघका सदस्य तथा सांस्कृतिक कार्यक्रमका संयोजक चन्द्रभान यादवले बताउनु भयो ।
उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी भैसकेको र कार्यक्रमको मुख्य वक्ताका रुपमा रहनु भएका मंत्री यादवले चैत्र २८ गते बिहान ११ बजे कार्यक्रमको उद्घाटन गर्ने तय भएको हुँदा कार्यक्रममा उपस्थितिका लागि यादव विद्यार्थी संघ दाङले सबैमा अनुरोध गरेको छ । फोटो- प्रदेशपत्र

प्रतिक्रिया दिनुहोस्