दाङ – देउखुरीका सामुदायिक वन क्षेत्रभित्र डढेलो नियन्त्रणका लागि नियन्त्रित डढेलो लगायत ज्वलनशील पदार्थको व्यवस्थापन गरिएको छ । सव–डिभिजन वन कार्यालय बेलाले ज्वलनशील पदार्थको व्यवस्थापनमा सहजीकरण कार्यक्रमको आयोजना गरि सामुदायिक वन क्षेत्रभित्र डढेलो नियन्त्रणका लागि नियन्त्रित डढेलो लगायत ज्वलनशील पदार्थको व्यवस्थापन गरेको हो ।
सव–डिभिजन वन कार्यालय बेला र उपभोक्ता समूहद्वारा राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित रहेको हरियाली सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि नियन्त्रित डढेलो लगायत ज्वलनशील पदार्थको व्यवस्थापन गरेको हो । करिब ५० हेक्टर भन्दा माथि वन क्षेत्रमा ज्वलनशील पदार्थको व्यवस्थापन गरिएको सव–डिभिजन वन कार्यालय बेला रेञ्जर पुष्कर विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार सामुदायिक वन क्षेत्रमा सुकेका पातपतिन्ङ्गर, जिक्राझाक्रिको सरसफाइ, अग्नि रेखा सरसफाइ, नियन्त्रित डढेलोको अभ्यास गरिएको बताउनुभयो । सुख्खा मौसम अगाडि नै प्रत्येक वर्ष डढेलो नियन्त्रणका लागि नियन्त्रित डढेलो लगायत ज्वलनशील पदार्थको व्यवस्थापनमा सहजिकरण कार्यक्रममा गर्दै आएको सव डिभिजन कार्यालय बेलाका रेञ्जर पुष्कर विश्वकर्माले बताउनुभयो ।
हामीले सामुदायिक वनमहरुमा, स्थानीय उपभोक्ता लगायतको संयुक्त प्रयासमा डढेलो नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएका छौँ, उहाले भन्नुभयो,–। ‘दिर्घकालीन योजना बनाएर वन जोगाउन समुदाय स्तरमा बृहत् वन सम्बन्धि कार्यक्रमहरू अगाडि सारेका छौँ ।’
हामीहरूले सामुदायिक वनलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने मुख्य उदेश्यका साथ अगाडि बढेको रेञ्जर विश्वकर्माले बताउनुभयो । यता लमहीको अजम्मरी सामुदायिक वनले वन संरक्षणको लागि विभिन्न कार्यक्रमहरु अगाडी सारेको वनका अध्यक्ष पवन रिजालले जानकारी दिनुभयो । उहाँले सुख्खा मौसम सुरु भएदेखि हामीले वनमा निरन्तर वन गस्ती बढाएका छौं ।
वनमा जथाभावी मानिसलाई पस्न रोक लगाएका छौं । उपभोक्तासंग वन संरक्षण सम्बन्धी कार्यक्रम गरि वन जोगाउने विभिन्न सचेतना कार्यक्रम गर्ने गरेको अध्यक्ष रिजालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्