बालुवा चोरी गर्दै गरेका ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

दाङ समाचार
दाङ समाचार २६ चैत्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ – सशस्त्र प्रहरी बल, नेपालले अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा गएराती १० ओटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

लमही नगरपालिका – ७ बनगै र हसनापुर इलाकामा पर्ने अर्जुन खोलामा राती २ बजेको समयमा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्याक्टर पक्राउ परेका हुन।

सशस्त्र प्रहरी बल, नेपाल न. ४१ रिजर्भ गण हे.क्वा. अर्जुनखोलाबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीको नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका -७ बनगैबाट ६ ओटा र सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा खटिएको गस्ती टोलिले लमही नगरपालिका – हसनापुरबाट ४ ओटा ट्याक्टर बालुवा सहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिईएका ट्याक्टर आवश्यक कानूनी प्रकृयामा लगिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्