दाङ – भरुवा बन्दुकसहित दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका – ८ डाँडागाउँका ३२ वर्षीय मानसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनु भयो ।
सुनारलाई हतियार सहित आइतबार राति अन्दाजी साढे १२ बजेको समयमा पक्राउ गरिएको हो। गाउँमा केही व्यक्तिहरु हातहतियारसहित शंकास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र ईलाका प्रहरी कार्यालय कोईलाबासबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको प्रवक्ता गौतमको भनाई छ ।
‘गोप्य सूचनाका आधार खटिएको प्रहरीले गढवा गाउँपालिका–८ डाँडागाउँ निवासी दिलकुमार पुनमगरको घर छेउमा रहेको खाली जग्गामा भरुवा बन्दुक एक थान फेला पारेको थियो’,प्रहरी नायव उपरिक्षक गौतमले भन्नु भयो,‘सोही स्थानमा शंकास्पद रुपमा रहेका व्यक्तिहरुलाई सोधपुछ गर्दा मानसिंह सुनार पक्राउ परेका हुन ।’ उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्