कोरोना संक्रमण उकालो लाग्दै, आज मात्र एक सय बढी पोजेटिभ

दाङ समाचार
दाङ समाचार २७ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – पछिल्लो समय कोरोना संक्रमण पुनः उकालो लागि रहेको छ । सोमबार मात्रै कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टीजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइशोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जनालाई राखिएको छ । यस्तै ४ जनाको भन्टेलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार मात्रै २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैमा आग्रह गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्