दाङ – प्यूठानको माण्डवी गाउँपालिका-५ रम्दीमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौबहिनी गाउँपालिका -१ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा विक रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख सुबास खड्काले जानकारी दिनु भयो।
चेरनेटा रम्दी सडकको नाला बनाउनका लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा विकको मृत्यु भएको हो ।
प्रहरी प्रमुख खड्काका अनुसार दुर्गाको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेका ३ जना घाइते छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्