सिन्धुलीमा कार दुर्घटना, ४ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २९ चैत्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ ।

मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर ०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल पठाइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्