दाङ – घाेराहीबाट बुटवल जान लागेको मिनि बस मुसाेट खाेलामा ब्रेकफेल भएर दुर्घटना हुँदा एकजना मृत्यु भएको छ ।
मृत्युु हुनेमा बंगलाचुली गाउँपालिका- ६ लापे निवासी ३० वर्षिय यमि घर्ती मगरकाे लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।
शनिवार दिउँसो पाैने १ बजे घाेराहीबाट बुटवल जादैं गरेको ना ४ ख ६९५० नम्बरको मिनि बस ब्रेक फेल भएर हुँदा मसाेटकाे घुम्ती नजिकै दुर्घटना भएको हाे ।
बसमा सवार मृतककाे ५ वर्षिय छाेरी आहाना घर्ती मगर, प्युठान एरावती गाउँपालिका-२ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षिय सुरज बस्नेत घाइते हुनु भएको छ । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्