दाङमा सशस्त्र प्रहरीद्वारा आफैलाई गाेली हानेर आत्महत्या

दाङ समाचार
दाङ समाचार ३ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

दाङ– आफैलाई गोली हानेर दाङमा एकजना सशस्त्र प्रहरी हवल्दारले आत्महत्या गरका छन् ।

आत्महत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी बसन्त केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनु भयो ।

उनि सशस्त्र प्रहरी सहायक हवल्दार पदमा रहि कारागार सुरक्षा बेस तुल्सीपुर दाङमा कार्यरत रहेका थिए ।

आइतबार बेलुका ८: ४० बजे कारागार भित्र डिउटीमा रहेको बेला एस.एल.आर.राइफलले चिउडाेमा हान्दा टाउकोकाे उपल्लाे भागबाट गाेली निस्किएको छ ।

केसीको शवलाई पाेष्टमार्टमकाे लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्